Saturday, July 25, 2009

संदेश



- सलूजा चौधरी
आत्मीय साथी प्रमिला अटुट सम्झनाका सौगातहरु अनायासै तिम्रो सम्झनाले आज विगाताका पलहरुलाई सम्झिन बाध्य तुल्यायो । स्कूले जीवनका ती दिनहरु सम्झिँदा आज पनि मेरो आँखाबाट अनायासै आँशुका ढिकाहरु टलपल टलपल गर्दछन् अनि क्षितिजमा तिम्रो अनुहार झिलिमिली देख्छु । जीवन यात्राको क्रममा आज हामी दोबाटोमा हिँड्न बाध्य भयौं । थाहा छैन तिमी कुन मोडमा छौ ? कहाँ छौ ? के गर्दैछौ ? आज म जीवनको धेरथोर सुखदुःखमा छु । मेरो जीवनको सुख दुःख या जुनसुकै पाटोमा पनि म हरपल तिमीलाई नै सम्झिरहन्छ । किनकि तिमीले मलाई मेरो सुखमा भन्दा बढी दुःखमा साथ दिएकी थियौ तर आज तिमी कहाँ छौ ? जहाँ भए पनि तिम्रो जीवन सदा–सदा फूल झै फक्रिरहोस् । प्रमिला हाम्रो भेट नभएको पनि आठ वर्ष भइसक्यो ? यो संसार सोचेको भन्दा पनि ठूलो छ । त्यसैले जीवन यात्राको क्रममा तिमीसंग अवश्य पनि भेट हुनेछ भन्ने आशा लिई यो मन हिँडिरहेको छ, पाइलाहरु निरन्तर अगाडि बढिरहेको छ । तिमीसंग पुनरमिलनको आशमा जीवन विताउने ।
गरामनी–१, झापा

No comments:

Post a Comment