चन्द्रगढी, २५ पुस ÷ नेपाल निजामती कर्मचारी युनियन झापाको अध्यक्ष पदमा दिनानाथ लम्साल दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन् ।
युनियनको पाँचौं जिल्ला अधिवेशनले लम्सालको नेतृत्वमा आगामी ३ वर्षे कार्यकालका लागि कार्यसमिति चयन गरेको हो । अध्यक्ष लम्साल झापा कारागारका प्रमुख हुन् । समितिको उपाध्यक्षमा जिल्ला जनस्वास्थ्य कार्यालयका महेन्द्र चौधरी, सचिवमा पर्यटन कार्यालयका मीनबहादुर बस्नेत, सहसचिवमा हुलाक कार्यालयका कविराज कोइराला र कोषाध्यक्षमा मालपोत कार्यालयका लक्ष्मी दाहाल चयन भएका छन् ।
सदस्यमा दिपक गिरी (कृषि विकास कार्यालय), हरिलाल यादव (नापी कार्यालय), टंकप्रसाद ओली (हुलाक कार्यालय), मीना कार्की (यातायात व्यवस्था कार्यालय) र रेखा अधिकारी (जनस्वास्थ्य कार्यालय), लेखप्रसाद भट्टराई (बन कार्यालय), विनोदकुमार मण्डल (नापी कार्यालय) र जीवराज भट्टराई (अनारमनी नगरोन्मूख गाविस) छानिएका छन् ।
युनियनको केन्द्रीय सभा सदस्यमा वीरबहादुर खड्का (जिशिका), दिपेन्द्र खत्री (जिल्ला प्रशासन), उत्तम कटुवाल (जिल्ला वन), पदमबहादुर बुढाथोकी (इलाका प्रशासन) र छत्रबाबु ओझा (सतासीधाम गाविस) निर्वाचित भएका छन् ।
जिल्ला अध्यक्ष दिनानाथ लम्साल सभापति र केन्द्रीय अध्यक्ष भवानीप्रसाद थानी प्रमुख अतिथि रहेको युनियनको शनिबार र आइतबार यहाँ सम्पन्न पाँचौं जिल्ला अधिवेशनको उद्घाटन अवसरमा केन्द्रीय उपाध्यक्ष देवीप्रसाद दाहाल, महासचिव सुबोध देवकोटा, प्रजिअ शशिशेखर श्रेष्ठलगायतका विशिष्ट अतिथिको उपस्थिति थियो ।
नवनिर्वाचित कार्यसमितिको आइतबार पहिलो बैठकले अधिवेशनमा सहभागी अतिथिहरु र निर्वाचन समितिलाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।
Sunday, January 09, 2011
Thursday, January 06, 2011
पर्यटकीयस्थलमा
झापा, २२ पुस ÷ पर्यटन वर्ष सफल पार्न पर्यटन वर्ष–२०११ जिल्ला समन्वय समिति झापाले लक्षित पर्यटकीय क्षेत्रमा प्रचारात्मक कार्यक्रम गर्ने भएको छ ।
विशेषगरी, बाहुनडाँगीको कृष्णथुम्की, किच्चकबध, जामुनखाडी, केचना कवल लगायतका पर्यटकीय क्षेत्रमा कार्यक्रमको आयोजना गरिने प्रमुख जिल्ला अधिकारी तथा समिति अध्यक्ष शशीशेखर श्रेष्ठले जानकारी दिए । ‘हामीले पहिलो कार्यक्रम सलकपुरमा गर्ने तयारी गरिरहेका छौं’, प्रजिअ श्रेष्ठले भने – ‘पर्यटकीय क्षेत्रमा एक–एक वटा कार्यक्रम गरियो भने पनि त्यो क्षेत्रमा पर्यटक आगमनको सम्भावना बढ्छ ।’ उनले प्रवद्र्धनात्मक कार्यक्रमलाई पनि सँगै लैजाने बताए ।
पर्यटनका लागि राम्रो सम्भावना भएको कृष्णथुम्की र सलकपुर क्षेत्रलाई प्रवद्र्धन गर्न सके त्यस क्षेत्रमा होमस्टे सेवा विस्तार गर्न सकिने प्रजिअ श्रेष्ठको भनाई छ ।
यसअघि नै पर्यटकीय क्षेत्रमा कार्यक्रम सुरु गर्ने तयारी गरिए पनि राजनीतिक दलका प्रतिनिधिहरुको व्यस्तताका कारण सफल हुन नसकेको उनले बताए ।
सरकारले पर्यटन वर्ष सफल पार्न जिल्लाका ती क्षेत्रको प्रचारप्रसारका लागि १ लाख रुपैयाँ प्रदान गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

विद्यालय निरीक्ष्ँण
महेशपुर, २२ पुस ÷ मेची प्राथमिक विद्यालय महेशपुरमा जिल्ला शिक्षा कार्यालय झापाको संयुक्त अनुगमन टोलीले बिहीबार निरीक्षण गरेको छ ।
मेची नदी पारी रहेको उक्त विद्यालयको निरीक्षण गर्न जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराई नेतृत्वको टोलीले विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापनको अनुगमन गरेको थियो ।
राजवंशी, गणेश, सतार, मुसलमान, कुर्मी आदि जातिको एक सयभन्दा बढी विद्यार्थी अध्ययनरत् विद्यालयमा पठनपाठनका लागि भाषिक समस्या रहेको शिक्षक कैलास राईले बताए ।
केही समयदेखि जिल्लाका विभिन्न विद्यालयहरुमा निरन्तर संयुक्त अनुगमनको कार्यारम्भ गरेको छ । अनुगमन टोलीले विद्यालयलाई १० देखि ४ बजेसम्म लगाउनै पर्ने निर्देशन गरेको विद्यालयका प्रधानाध्यापक चमकलाल राजवंशीले बताए ।
टोलीमा जिशिअ भट्टराईका साथै शिक्षा कार्यालयका उपसचिवद्वय उद्धव विष्ट र खुलानाथ रेग्मी, विद्यालय निरीक्षकहरु सूर्य सुवेदी, सुरेन्द्र दाहाल र नीलमणि खनाल, स्रोत व्यक्ति परमानन्द मिश्र, प्रअ. श्रीतीरानीदेव र शिक्षक गोपाल गिरी संलग्न थिए ।

हजारौं हेक्टरको हिउ“दे
दूधे, २१ पुस ÷ क्षतिग्रस्त कनकाई नहर समयमै मर्मत नहुँदा जिल्लाको हजारौं हेक्टर खेतीयोग्य जमिन सिञ्चाई सुविधाबाट वञ्चित भएको छ । हिउँदे बालीमा सिञ्चाई चाहिएकै बेला नहर नचलेपछि सयौं किसानको लगानी खेर जाने अवस्था सिर्जना भएको छ ।
२०३२ सालमा कोरियाली सहयोगमा निर्मित पूर्वकै ठूलो नहरका दर्जनौं स्थान भत्केर जीर्ण भएको वर्षौ वितिसकेको छ । अहिलेसम्म टालटुलको भरमा चलेको नहर मर्मतमा ढिलाई भएकै कारण मध्य दक्षिण झापाका किसान सिञ्चाई सुविधाबाट वञ्चित बनेका हुन् । जिल्लाकै सबैभन्दा उर्वर क्षेत्रको सिञ्चाइ स्रोत क्षतविक्षत बनेपछि स्थानीय किसानको विजोग भएको छ ।
एक वर्ष अघि नहर मर्मतकै लागि कनकाई सिञ्चाई आयोजना र विश्व बैंकबीच ११ करोड रुपैयाँको सम्झौता भएको थियो । तर, प्रक्रिया पुर्याउने नाममा सम्झौताको वर्ष दिनसम्म मर्मत नथालिंदा किसानले सिञ्चाई सुविधा नपाएका हुन् । अघिल्लो वर्ष मंसिरमा भएको सम्झौतामा आगामी तीन वर्षभित्र मर्मत पूरा गर्ने तर तत्काल काम थालेर किसानलाई राहत दिन प्रयास गर्ने उल्लेख थियो । तर, त्यसको ठ्याक्कै वर्षदिन बितेपछि पुस १ देखि मात्रै मर्मत थालिएको छ । पानी धेरै चाहिएकै बेला पानी बन्द गरेर नहर मर्मत शुरु भएकाले किसानका खेत सिञ्चाइविहीन बन्न पुगेको हो ।
‘हिउँदे बालीलाई सिञ्चाईको आवश्यकता धेरै हुन्छ’ सतासीधाम ६ का किसान दिपक तामाङ भन्छन् ‘ तर, नहरमा पानी छैन, मर्मतमा ढिलो हुँदा यसपाली बाली उठाउन पाइएला जस्तो छैन ।’ गहुँ, मकै, तोरी, फापर लगायतका हिउँदे बाली सिञ्चाइ अभावले फस्टाउन नसकेको उनले बताए । सतासीधाम बाहेकका शिवगञ्ज, पाँचगाछी, तोपगाछी, धरमपुर, बैगुनधुरा, कोरोबारी र महाभारा क्षेत्रका आठ हजार हेक्टर जमिन कनकाई नहरकै भरमा सिञ्चित हुने गरेका थिए । हिउँदे बाली उत्पादनका लागि जिल्लाकै अग्रणी मानिने यी आठ गाविसका अधिकांश ठाउँमा पानी नपुगेपछि यसपटक उत्पादन घट्ने निश्चित भएको किसान बताउँछन् ।
नहरका उपभोक्ता किसानका अनुसार १ सय ३४ किलोमिटर लामो नहरको ४० भन्दा बढी ठाउँ भत्केका छन् । नहरको पक्की सतह र दिवाल भत्केर पानी गाउँ पस्न थालेपछि मुहानै बन्द गरिएको छ । दोमुखास्थित मुहान नजिकका खेतसम्म पानी छोडिए पनि टाढाका लागि छोड्न समस्या भएको आयोजनाका अध्यक्ष टंक ढुंगेल बताउँछन् ।
नहरको लक्षितमध्ये आधाभन्दा बढी ठाउँमा सिञ्चाई भएको दाबी गर्ने उनले ठेक्का प्रक्रिया पूरा गर्नुपर्ने भएकाले मर्मत ढिलो शुरु भएको बताए । कनकाई इन्टरनेशनल विल्डर्स, थोदुङ कन्सट्रक्सन लगायतका तीन कम्पनीले ठेक्का लिएको नहर मर्मतको काम अहिले चार ठाउँमा मात्रै थालिएको छ । जब कि भत्केको ठाउँको संख्या भने त्यसको दश गुणा बढी छ । ‘यही पाराले मर्मत हुने हो भने अरु दुई चार वर्ष पानीको आश नगरे हुने रहेछ’, पाँचगाछीका किसान हर्कलाल माझी भन्छन् । उनका अनुसार मुहान नजिकका ठाउँ बाहेक अन्यत्र सिञ्चाई सुविधा ठप्प छ । माइधारस्थित पूर्व–पश्चिम राजमार्ग दक्षिणको नहरको अधिकाँश ठाउँ भत्केर काम नलाग्ने भएको उनले बताए ।
ठूलो क्षति भएको ठाउँमा मर्मत नथालेको उपभोक्ताको गुनासो छ । तर, सिञ्चाई डिभिजन कार्यालय भने अर्कौ वर्ष नयाँ टेण्डर खोलेर ती ठाउँ मर्मत गरिने बताउँछ । ‘तीन वर्ष भित्र पूरा गर्ने हो’, सिञ्चाइ डिभिजन प्रमुख मित्र बराल भन्छन् – ‘वर्षेनी टेण्डर खोल्दै बनाउँदै जाने हो ।’

विर्तामोडमा
विर्तामोड, २२ पुस ÷ झापा उद्योग वाणिज्य संघ विर्तामोडको अध्यक्ष पदमा बलराम कार्की र राजकुमार कार्कीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
अध्यक्षका अर्का प्रतिस्पर्धी गणेश शाक्यले उम्मेद्वारी फिर्ता लिएपछि दुई कार्कीबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । अध्यक्षका प्रत्यासीले आ–आफ्नै प्यानल समेत खडा गरेका छन् । बलराम कार्कीले आफ्नो प्यानलमा उपाध्यक्ष पदका लागि देवीभक्त श्रेष्ठ र पर्शुराम भण्डारी, सचिव पदका लागि भीष्म खरेल र उपसचिव पदका लागि देवेन्द्रकुमार सिंह र प्रकाश शिवाकोटीलाई अघि सारेका छन् । एनेकपा माओवादी, नेकपा एमाले, मधेशी जनाअधिकार फोरम र कांग्रेसका केही सम्मिलित यो प्यानलका सदस्यका प्रत्यासीमा उमेश डालमिया, कृष्ण उदास, गोपी गिरी, महेन्द्र अग्रवाल, अनिल विहानी र प्रदिप अग्रवाल छन् ।
कांग्रेस निकटको प्यानल बनाएका राजकुमार कार्कीले भने उपाध्यक्ष पदमा मोहन मित्तल र विनोद बस्नेत, सचिव पदमा किरण श्रेष्ठ, उपसचिव पदमा राजु पारिक शर्मा र खगेन्द्र सापकोटालाई उभ्याएका छन् ।
प्यानलको सदस्य पदमा प्रत्यासीहरु राजेश मित्तल, रमेश कार्की, राजु न्यौपाने, हरिशचन्द्र बाँस्तोला, वेदप्रकाश मित्तल र कमल खरेल छन् ।
संघको १२ सदस्यीय कार्यसमितिमा बुधबार ४१ जनाले उम्मेद्वारी दर्ता गराएका थिए । अन्तिम समयमा दुई वटा प्यानल बनेपछि ३ जना पदाधिकारीका प्रत्यासीसहित १७ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।

पूर्व लडाकु हतियारसहित पक्राउ
झापा, २२ पुस ÷ प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा सूचीकृत जनमुक्ति सेनाका एक पूर्व लडाकुसहित दुई जनालाई झापाका विभिन्न स्थानबाट हतियारसहित पक्राउ गरिएको छ ।
जनमुक्ति सेनाको दानाबारी शिविरबाट हातहतियारसहित २ वर्षअघि फरार पाँचगाछी–९ का सन्तोष सतार भनिने सुरज टुडुलाई क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको सिभिल प्रहरी टोलीले शिवगञ्ज बजारबाट पक्राउ गरेको हो ।
यस्तै इलाम दानाबारी घर भई लखनपुर–१ मा बस्ने सोही गिरोहका दिपीन कोइरालालाई पनि प्रहरीले बिहीबार विहान लखनपुर–१ को पाडाजुँगीबाट गिरफ्तार गरेको छ । टुडु बस्दै आएको पाँचगाछी–९ सुकुम्बासी वस्तीस्थित घरमा प्रहरीले छापा मार्दा २ थान अत्याधुनिक पेस्तोल र सो हतियारमा लोड भएको सात राउण्ड गोली पनि प्रहरीले बरामद गरेको छ । टुडुलाई स्थानीय व्यापारीसँग मोटो रकम चन्दा माग गरी आतंक मच्चाएको आरोप समेत लागेको छ । प्रहरीको व्यापक खोजीमा रहेका टुडुको साथबाट जनमुक्ति सेना नेपाल भू्.पू. सैनिक एकता संघ नामको लेटर प्याड पनि बरामद गरेको छ ।
टुडुले लेटरप्याडमा चन्द्रडाँगी विउ विजन केन्द्रका प्रमुख देवचन्द्र साहसँग चारदिन भित्रमा ४ लाख रुपैयाँ नदिए जे पनि हुनसक्ने सहितको धम्की पत्र थमाएको प्रहरी स्रोतले बताएको छ । साह केही दिनयता धम्कीका कारण केन्द्रबाट विस्थापित भएको स्थानीयबासीले बताएका छन् । यसैबीच पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

धिमाल महोत्सवको तयारी पूरा
चारआली, २२ पुस ÷ धिमाल जातिको ऐतिहासिक धिमाल सांस्कृतिक महोत्सव २०६७ को तयारी पूरा भएको आयोजकले जनाएको छ ।
मूल आयोजक समितिले महोत्सवको व्यवस्थापन, प्रचारलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । लोप हुने अवस्थामा पुगेको आफ्नो जातीय
संस्कृतिलाई संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले धिमाल युवा समाज क्षेत्र नम्बर १ ले शुक्रबार र शनिबार महोत्सव आयोजना गर्दैछ ।
झापा, मोरङ र सुनसरीका धिमाल जातिको महोत्सवमा उपस्थिति रहने अध्यक्ष नरेन्द्र धिमालले बताए ।
कार्यक्रममा जातीय भेषभूषा, खानपिन तथा सांस्कृतिक पहिचान झल्कने पहिरन, नृत्य तथा अन्य जातिका सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिने आयोजक समितिका व्यवस्थापक मानबहादुर धिमालले जनाए ।

‘संकट फुकाउन’
काठमाडौं, २२ पुस ÷ भारत भ्रमणमा रहेका एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले सबै दललाई स्वीकार्य हुने साझा उम्मेद्वारलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका छन् । उनले नेपालको राजनीतिक संकटको गाँठो फुकाउने चार बुँदे उपाय सुझाउँदै यो प्रस्ताव अघि सारेका हुन् ।
विवेकानन्द इण्टरनेशनल फाउण्डेशनद्वारा बिहीबार आयोजित नेपालसम्बन्धी सेमिनारमा भट्टराईले ‘नेपालमा वैचारिक–राजनीतिक सहमतिका आधारहरु’ नामक कार्यपत्र प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
भट्टराईका सहयोगी विश्वदीप पाण्डेका अनुसार सेमिनारमा उनले पहिलो बुँदाका रुपमा दुईवटै शक्तिलाई मान्य हुने नयाँ लोकतान्त्रिक मोडेल खोज्नुपर्ने प्रस्ताव राखेका हुन् । ‘त्यो पुरानो संसदीय व्यवस्था पनि होइन, न जनवादी व्यवस्था नै हो’, भट्टराईको भनाई थियो – ‘राष्ट्रिय सहमतिका आधारमा दुबैलाई मान्य हुने लोकतान्त्रिक मोडल खोजौं ।’
दोस्रो बुँदाका रुपमा पुरानो सेनाको लोकतान्त्रिकीकरण गर्नुपर्ने र माओवादी जनमुक्ति सेनाको सम्मानजनक समायोजन हुनुपर्ने भट्टराईको प्रस्ताव छ । उनले तेस्रो बुँदामा ‘सबै वर्ग जाति र क्षेत्रलाई समेट्ने आर्थिक विकासको नीतिमा सहमति कायम गरौं’ भन्ने उल्लेख गरेका छन् । राष्ट्रिय स्वाधीनता र विदेश नीतिमा साझा अवधारणा बनाउनुपर्ने बाबुरामको चौथो प्रस्ताव छ ।
‘चार बुँदे प्रस्तावमा सहमति कायम गर्न सेना समायोजन, संविधान निर्माण र सत्ता साझेदारीमा सहमति हुनुपर्छ’, भट्टराईले अगाडि व्याख्या गरे – ‘यी तीन वटा विषयमा सबैलाई मान्य हुनेगरी दलबीच प्याकेजमा हल गरौं ।’
संविधानसभामा सबैभन्दा ठूलो दल भएकोले सरकारको नेतृत्व सकभर माओवादीकै नेतृत्वमा सरकार गठन हुनुपर्ने भट्टराईको जिकिर थियो । ‘यदि माओवादीको नेतृत्वमा बन्न सक्दैन भने नेपाली राजनीतिक दलका नेताहरुमाझ सबैलाई मान्य हुने कोही नेता छ भने त्यसलाई साझा उम्मेद्वार बनाई प्रधानमन्त्री बनाऔं र राष्ट्रिय सहमतिको सरकार बनाऔं ।’
बुधबार विहान नयाँ दिल्ली गएका भट्टराईले त्यसैदिन अपरान्ह अर्थमन्त्री प्रणव मुखर्जी, विदेश सचिव निरुपमा राव र प्रधानमन्त्री राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननसंग छुट्टाछुट्टै वार्ता गरेका थिए । बिहीबार उनले विपक्षी दलका नेता सुष्मा स्वराजसंग वार्ता गरेका थिए । शुक्रबार भट्टराईको भारतीय गृहमन्त्री पी. चिदम्बरमलाई भेट्ने कार्यक्रम छ ।

Sunday, January 02, 2011
रहेनन् समाजसेवी फागुलाल चौधरी
विर्तामोड ÷ थारु कल्याणकारिणी सभाका निवर्तमान सल्लाहकार एवम् प”र्व सचिव फाग’लाल चौधरीको निधन भएको छ । २०६७ प’स १२ गते सोमबार निजी निवास अर्ज‘नधारा–८ मा चौधरीको ४९ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ । थारुहरुको हकहित र अधिकारका लागि सधैं आवाज उठाउने चौधरीको त्यही दिन दाहसंस्कार पनि गरिएको थियो । थारु विद्यार्थी समाजका जिल्ला सदस्य दीवाकरलाल चौधरीका पिता एवम् थारु कल्याणकारिणी सभाका निवर्तमान जिल्ला सचिव छविलाल चौधरीका दाइ फाग’लाल चौधरीको रोगका कारण निधन भएको हो ।
मौसम परिवर्तन र आर्थिक प्रभाव
- एन.पी. रिजाल
वर्तमानका प्रमुख वातावरणीय समस्याहरुका तालिकामा मौसम परिवर्तनलाई पहिलो नम्वरमा राखिन्छ । यसको प्रमुख कारण के हो भने यो विश्वव्यापी समस्याको रुपमा रहेको छ र यसको प्रभाव विकसित र विकासोन्मूख सबै देशहरुले सामना गरिरहेका छन् । यसको प्रत्यक्ष र अप्रत्यक्ष प्रभावहरु हाम्रो वरिपरिको वातावरणीय संरचनामा पनि देखिन थालेको पाइन्छ । जाडोको मौसममा हामी पहिलेको तुलनामा कम जाडोको अनुभव गरिरहेका छौँ । पृथ्वीको तापमानमा भएको वृद्घिको प्रत्यक्ष असर हाम्रो हिमालय श्रृंखलाका हिमनदीहरुमा देखिन थालेको छ ।
अर्काेतिर सामुन्द्रिक सतह पनि क्रमशः बढ्न थालेको छ । माल्दिभ्सले भर्खर मात्र बंगलादेशबाट माटो किन्ने निर्णय गरेको छ । चारैतिरबाट समुन्द्रले घेरिएको माल्दिभ्सका स–साना होचा टापुहरु डुब्ने खतरामा छन् । यो एउटा उदाहरण मात्र हो, यस्ता कयांै वातावरणीय समस्याहरु हामी दैनिक रुपमा अनुभव गरिरहेका छौँ । यसरी पृथ्वीको तापक्रममा वृद्घि भई मौसम परिवर्तन हँुदै जानुमा कार्वन ग्याँसको उत्पादन र व्यापक प्रयोग रहेको छ । यसका साथै वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्न बन–जङ्गलको व्यापक विनाश पनि रहेको छ ।
मौसम परिवर्तनले वातावरणीय संरचनाका अनैकांै पक्षहरुमा प्रभाव पार्ने गर्दछ । ती पक्षहरुमध्ये मौसम परिवर्तनले आर्थिक क्षेत्रहरुमा पार्ने प्रभावलाई मुख्य रुपमा विश्लेषण गर्ने गरिन्छ । मौसम परिवर्तन वातावरणीय दृष्टिकोणबाट खराव देखिए पनि यसको आर्थिक प्रभाव भने फाइदाकारी र बेफाइदाकारी दुबै प्रकारको हुने गर्दछ । कारण के हो भने हामीले मौसम परिवर्तनलाई सही सदुपयोग गर्न सकेको खण्डमा त्यसमा आर्थिक फाइदा पनि प्राप्त गर्न सक्दछांै ।
वर्तमान समयमा नेपालले कार्वन व्यापार गरिरहेको छ । औद्योगिक देशहरुले उत्पादन गरेको कार्वन उत्पादनले पृथ्वीको सुरक्षाकवच मानिने ओजोनतह पातलिदै गएको छ । जसको कारण पृथ्वीको तापक्रम बढ्न गयो र मौसम परिवर्तन देखापर्यो । नेपालजस्तो विकासोन्मूख देशहरु भने मौसम परिवर्तनको समस्या सामना गरिरहेका छन् । तर, नेपालले यस अवस्थाको फाइदा लिन सक्नु पर्छ । मौसम परिवर्तनबाट वर्तमान समयमा नेपालले लिन सक्ने प्रमुख फाइदा भनेको कार्वन व्यापार हो ।
नेपाल कृषि प्रधान देश हो र लगभग ८५ प्रतिशत जनता ग्रामीण क्षेत्रमा बसोबास गर्ने गर्दछन् । कृषि पेशामा सम्लग्न मानिसहरु पशुपालनमा पनि सम्लग्न हुने कारण गोबरग्यास उत्पादनको सम्भावना व्यापक रहेको छ । यो हरित उत्पादन हो । अर्कोतिर, अन्य वैकल्पिक हरित उत्पादनहरुको प्रयोगमा विस्तार गर्ने हो भने नेपालले कमभन्दा कम कार्वन उत्पादन गरी कार्वन व्यापारबाट फाइदा लिन सक्दछ ।
नेपालले मौसम परिवर्तनलाई कृषि उत्पादनको विस्तार र आधुनिकीकरणमा पनि सहयागी बन्न सक्दछ । कारण कृषि उत्पादन तापक्रम प्रतिफल हो । भौगोलिक रुपमा विविध रहेको नेपाल त्यसको संरचना अनुकूल फलफूल, खाद्यान्न र तरकारी उत्पादन गर्न सकिन्छ । परिवर्तित मौसम अनुसार कृषि प्रणालीको पनि विस्तार गर्न सके नेपालले आर्थिक लाभ लिन सक्दछ । जलविद्युत उत्पादनमा अत्याधिक सम्भावना रहेको नेपालमा हिमनदी पग्लन थालेपछि रन अप रिभरमा आधारित जलविद्युत गृह विस्तारमा प्रश्नचिन्ह सिर्जना गरेको छ । यस्तो अवस्थामा त्यसलाई रिजर्भ गरेर उत्पादन विस्तार गर्नु उपयुक्त देखिन्छ ।
तर, विश्वव्यापी प्रभावको रुपमा देखापरेको यो तापक्रम वृद्घिलाई समयमा नै नियन्त्रण गर्न सकिएन भने यसले निम्त्याउने प्रभाव पनि डरलाग्दो हुने कुरामा दुईमत छैन । यसले पारिस्थितिक पद्घतिमा पार्ने प्रभाव कम छ्रैन । तापक्रम वृद्घिका आर्थिक बेफाइदाहरुलाई बेवास्था गर्ने भूल गर्नु हुँदैन । यसले सिर्जना गर्ने प्राकृतिक संरचनामा परिवर्तनको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव हाम्रो आयस्तर, जीवनशैली र वातावरणमा पर्दछ । यसबाट आर्थिक बेमितव्ययिता सिर्जना हुने गर्दछ ।
तापक्रम वृद्घिमा उल्लेखनीय योगदान दिने कार्वन उत्पादन पूर्णरुपमा बन्द गर्न सकिदैन तर यसलाई केही रुपमा कम भने अवश्य गर्न सकिन्छ । हामीले हरित उत्पादनहरुको प्रयोगमा जोड दिनु पर्दछ । जनचेतनामा पनि व्यापक जोड दिनुका साथै सरकारी र अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि यस समस्या कम गर्न जोड दिनुपर्ने देखिन्छ । जस्तो, मौसम परिवर्तनको प्रभावबारे विश्व समुदायलाई ध्यानाकर्षण गर्न नेपाल सरकारले गरेको सगरमाथा आधार शिविरको मन्त्रीस्तरीय बैठक र माल्दिभ्स सरकारले गरेको समुन्द्र मुनीको बैठकलाई बिर्सन मिल्दैन ।
भ्mबष्स् िबलवबल)अजष्तष्श२थबजयय।अयm

आपत्तिजनक आक्रमण
संघीयताको विरोध गर्दै राष्ट्रिय जनमोर्चा पार्टीले संचालन गरेको अभियानमा लिम्बूवान संगठनहरुले लगातार अवरोध र आक्रमण गरिरहेका छन् । विर्तामोडमा आक्रमण गरेको घटनाको चर्चा सेलाउन नपाउँदै लिम्बूवान समूहले आइतबार दमकमा पनि त्यस्तै व्यवहार दोहोर्याएका छन् । जनमोर्चाका अनुसार पार्टीका प्रचार सामग्री च्यात्ने, नेता–कार्यकर्तामाथि हातपात गर्नेलगायतका कामसमेत भएको छ । यस्तो अलोकतान्त्रिक र गैरराजनीतिक गतिविधि आपत्तिजनक छ । फरक विचारको सम्मान लोकतन्त्रको आधारभूत शर्त हो । तर, लिम्बूवान घटकहरुले त्यो यथार्थ बिर्सने प्रयास गरेर आफैंप्रतिको सन्देह बढाएका छन् ।
लिम्बूवान संगठनहरु अरुणपूर्वको नौं जिल्लालाई लिम्बूवान राज्य घोषणा गर्नुपर्ने मागसहित आन्दोलनरत छन् । आन्दोलन सुचारु भइरहँदा उनीहरुप्रति जातीय राज्य खडा गर्न खोजेको आरोप पनि बाक्लै ढंगले लागिरहेको छ । यद्यपि, दरिलो राजनीतिक प्रयासद्वारा आरोपलाई चिर्ने प्रयत्न उनीहरुले गरेका छैनन् । बरु फरक मत राख्नेहरुविरुद्ध भौतिक आक्रमणमा उत्रिएर त्रासको वातावरण खडा गर्न अग्रसर भइरहेका छन् । यसले उनीहरुको असहिष्णु चरित्र उजागर गर्छ, साथमा गैरराजनीतिक आचरण पनि । तर, आक्रमणको भरमा आफ्नो तगारो हट्छ भन्ने भ्रमबाट उनीहरुले मुक्त बन्न आवश्यक छ ।
लिम्बूवान संगठनहरुलाई जसरी संघीयताको पक्षपाति बन्ने हक छ, ठीक त्यसैगरी अर्काे कुनै संगठनलाई त्यसको विपक्षमा उभिने उत्तिकै अधिकार हुन्छ । लोकतन्त्रमा विकल्प धेरै हुन्छन्, धेरै मतले जे मन पराउँछ, मुलुक त्यही बाटोमा हिँड्न तयार हुन्छ । नयाँ संविधान निर्माण प्रक्रिया चलिरहेका बेला संघीयताको विरोधमा कार्यक्रम गर्न खोज्ने दलमाथि आक्रमणको तहमा उक्लिनुको अर्थ छैन । त्यो सर्वसत्तावादी मात्रै नभएर आफ्नो कार्यक्रमप्रतिको अविश्वास पनि हो । यदि लिम्बूवान संगठनहरुलाई आफ्नो अभियानप्रति विश्वास छ भने अरु कसैले विरोध गर्दा त्यो भाँडिने भन्ने हुँदैन ।

ज्यामिरगढीमा राजु अधिकारी
ज्यामिरगढी, १८ पुस ÷ ज्यामिरगढी माविको अभिभावक भेलाले व्यवस्थापन समिति र शिक्षक अभिभावक संघमा नयाँ नेतृत्व चयन गरेको छ ।
भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा राजु अधिकारी सर्वसम्मत छानिएका छन् । दीपक कटुवाललाई व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
त्यसैगरी, कम्पलाल राजवंशी, जहाजी हरिजन र सन्तकुमार कार्की व्यवस्थापन समिति सदस्यमा चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष कटुवालले नयाँ समिति गठन गर्न सहयोग गर्ने अभिभावकहरुलाई आभार व्यक्त गर्दै निवर्तमान समितिलाई धन्यवाद ज्ञापन गरेका छन् ।
दनुवार जातिको जिल्ला अधिवेशन
खुदुनाबारी, १८ पुस ÷ अल्पसंख्यक एवम् पिछडिएका दनुवार जातिको झापा जिल्ला अधिवेशन आइतबार सम्पन्न भएको छ ।
अल्पसंख्यकहरुलाई आरक्षित गर्ने र समावेशी बनाउने कुरा राज्यबाट बोलीमै मात्र सीमित रहेको अधिवेशनका प्रमुख अतिथि दनुवार जागरण समाजका केन्द्रीय सदस्य बलदेव दनुवारले बताए ।
‘पिछडिएका र अल्पसंख्यक जातिहरुको आरक्षणका लागि’, दनुवारले भने – ‘राज्यले विशेष पहल नगरे आन्दोलनमा उत्रिनेछौं ।’ उनले २०६८ मा हुने जन–गणनामा राज्यले जातीय प्रतिनिधित्वसहित गणना हुनुपर्ने कुरामा जोड दिए ।
शिवशंकर दनुवारको अध्यक्षतामा दनुवार जागरण समितिको दोस्रो जिल्ला अधिवेशनले १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा बुद्धिचन्द दनुवार, सचिवमा मदन दनुवार, सहसचिवमा बुद्धिलाल दनुवार, कोषाध्यक्षमा अग्निमाया दनुवार चयन भएका छन् ।
सदस्यहरुमा रवि दनुवार, कुसुम दनुवार, विन्दे दनुवार, भोला दनुवार, राम दनुवार, मोहन दनुवार, तारा दनुवार, गंगा दनुवार, सीता दनुवार, लक्ष्मी दनुवार, रामदया दनुवार, तारादेवी दनुवार रहेका छन् ।
शिवशंकर दनुवारको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेकपा एमालेका जिल्ला सदस्य प्रेम गिरीलगायतले दनुवार जातिलाई राज्यले अवसर दिनुपर्नेमा जोड दिएका थिए ।
अधिवेशनमा दनुवार संस्कृति र परम्परा झल्कने झाँकी, नृत्य प्रदर्शन गरिएको थियो । झापामा ३५ सय हाराहारीमा रहेको दनुवार जनसंख्यामध्ये अधिवेशनमा २ हजार दनुवारहरुको उपस्थिति रहेको थियो । नेपालमा ५१ जिल्लामा दनुवारहरुको बसोबास जानकारी दिइएको छ ।

३९ घटनामा २० जनाको मृत्यु
भद्रपुर, १८ पुस ÷ झापामा वितेको १ वर्षभित्र भएका विभिन्न घटनामा २० जनाको मृत्यु भएको एक तथ्यांकले देखाएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय झापाका अनुसार सन् २०१० मा झापामा ३९ वटा घटनाहरु भएका थिए । त्यसबाट २० जनाको मृत्यु भएको र ४७ जना पीडित भएका थिए ।
मानवअधिकार वर्ष पुस्तक सन् २०११ को पूर्व समीक्षाका लागि आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो । एक वर्षको अवधिमा राजनीतिक दलहरुबाट २४ दिन बन्द र हड्ताल भएको जानकारी गराइएको थियो ।
जिल्ला विकास समिति झापाको सभाकक्षमा विज्ञहरुको सुझावलाई संकलन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठ र प्रहरी उपरीक्षक रविन्द्र शर्मालगायतले सुझावहरु राखेका थिए ।
सोमराज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अर्जुन बस्नेतले गरेका थिए भने कार्यक्रमको उद्देश्यमाथि लक्ष्मी निरौलाले प्रकाश पारेका थिए ।

जनमोर्चाको कार्यक्रममा लिम्बूवानद्वारा फेरि आक्रमण
झापा, १८ पुस ÷ लिम्बूवान कार्यकर्ताले राष्ट्रिय जनमोर्चाकी सभासद् मीना पुन सहभागी राजनीतिक कार्यक्रम फेरि विथोलेका छन् । यसरी कार्यक्रम विथोलिएको यो एक साताभित्रको दोस्रो घटना हो ।
संघीयताविरुद्ध अभियानको सिलसिलामा जनमोर्चाद्वारा विर्तामोड र दमकमा आयोजित सार्वजनिक कार्यक्रम लिम्बूवान कार्यकर्ताले विथोलेका हुन् ।
दमक चोकमा आइतबार आयोजित शान्तिपूर्ण कार्यक्रम दर्जनको संख्यामा आएका लिम्बूवान कार्यकर्ताले बल प्रयोग गरी विथोलेको जनमोर्चाका मेची कोशी इन्चार्ज सुरेन्द्र भण्डारीले बताए ।
‘प्रहरीकै सामू सभासद् र पार्टीका नेताहरुमाथि आक्रमण भयो’, भण्डारीले घटना बताउँदै भने – ‘पर्चा, झण्डा र व्यानर खोसेर कार्यक्रम विथोलिसकेपछि प्रहरीले हामीलाई इलाका प्रहरी कार्यालयमा ल्याएर सुरक्षा दिएको थियो ।’
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध लिम्बूवान कार्यकर्ताले आफ्ना नेतालाई दूव्र्यवहार गर्दै कार्यक्रम गर्न अवरोध सिर्जना गरेको भण्डारी बताउँछन् ।
केही दिनअघि राष्ट्रिय जनमोर्चाको त्यस्तै कार्यक्रम विर्तामोडमा विथोलिएको थियो । मुक्ति चोकमा संघीयताविरुद्ध गतिविधि गरेको भन्दै संघीय लिम्बूवान राज्य परिषद्का कार्यकर्ताले जनमोर्चालाई कार्यक्रम गर्न रोक लगाएका थिए । परिषद्ले विज्ञप्ति निकालेरै संघीयताविरुद्ध कुनै कार्यक्रम नगर्न जनमोर्चालाई चेतावनी दिएको थियो ।
सभासद् चित्रबहादुर केसीले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चाले संघीयताले राष्ट्रिय एकतामा आँच आउने र जातीय द्वन्द्व एवम् विखण्डनको अवस्था आउने भन्दै विारेध अभियान चलाइरहेको छ । पूर्वतर्फ आएको संघीयता विरोधी जनमोर्चा टोलीमा बाग्लुङकी सभासद् मीना पुन, पार्टीका केन्द्रीय उपाध्यक्ष वीरबहादुर गोलेलगायत छन् ।
जिल्लाका प्रहरी उपरीक्षक रविन्द्र शर्माले सभासद् र जनमोर्चाको कार्यक्रममा प्रहरीले सुरक्षा प्रदान गर्न नसकेको आरोपलाई स्वीकार गरेका छन् ।
आइतबार दमकमा लिम्बूवान कार्यकर्तासंग विवाद भएपछि प्रहरीले नै सभासद् पुन र जनमोर्चा नेताहरुलाई सुरक्षा प्रदान गरेको उपरीक्षक शर्माले बताए । तर, जनमोर्चाले पार्टीको कार्यक्रम बारे अग्रीम जानकारी नदिँदा पर्याप्त सुरक्षाको प्रबन्ध गर्न कठिनाई भएको उनले बताएका छन् ।

Saturday, January 01, 2011
अन्तर्राष्ट्रिय कराँतेमा नेपाल प्रथम
झापा, १७ पुस ÷ भारतको पुनेमा आयोजित अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा १३ स्वर्णसहित नेपाल प्रथम भएको छ ।
प्रतिस्पर्धामा नेपालले १२ स्वर्ण, ३ रजत र १ काश्य प्राप्त गरेको थियो । प्रतियोगितामा ८ स्वर्ण, ४ रजत र १ काश्य सहित भारतले दोश्रो स्थान, ५ रजतसहित श्रीलंका तेस्रो र ४ स्वर्णसहित बंगलादेशले चौथो स्थान प्राप्त गरेको अन्तर्राष्ट्रिय रेफ्री एवम् नेपाली टोली प्रमुख राजु महर्जनले बताए । इरान र भूटानले स्वर्ण पदक जित्न सकेन ।
नेपालका लागि मञ्जिल पौडेलले ३५ केजी तौल समूह र कातामा २ स्वर्ण, बमबहादुर श्रेष्ठले ५५ केजी तौल समूह र कतामा २ स्वर्ण, मोहन श्रेष्ठले ४५ केजी तौल समूह र कातामा २ स्वर्ण, दिनेश लामाले ६० केजी माथि र कातामा २ स्वर्ण मनिता मगरले ४५ केजी र कातामा २ स्वर्ण, राजु शिवाकोटीले १ स्वर्ण, राम राईले १ रजत, जमुना तामाङले स्वर्ण र १ रजत, जमुना राईले २ काश्य र जुनु तामाङले १ काश्य जित्न सफल भइन् । महर्जनको नेतृत्वमा रहेको टोलीमा २० जना खेलाडी सहभागी थिए ।
पुस ५ गते भारत गएको टोलीलाई नाइट चेस क्लवका संस्थापक अध्यक्ष स्व. अरुणकुमार श्रेष्ठले सफलताको अग्रीम शुभकामनासहित काँकरभिट्टाबाट विदाई गरेका थिए । टोलीले प्रथम स्थान जितेर शनिबार स्वदेश फर्किँदा श्रेष्ठलाई भेट्न पाएनन् ।

नेपाल आदिबासी जनजाति युवा महासंघ गठन

विर्तामोड, १६ पुस ÷ आदिबासी जनजाति युवा महासंघको झापा जिल्ला समितिको अध्यक्षमा कैलाश थापामगर चयन भएका छन् । यहाँस्थित नेपाल आदिबासी जनजाति महासंघको कार्यालयमा शुक्रबार सम्पन्न कार्यक्रममा १५ सदस्यीय जिल्ला समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा वीरेन मेचे, सचिवमा सलुजा चौधरी, सहसचिवमा टेकनारायण गणेश र कोषाध्यक्षमा निङ्सा लिम्बू चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मुना सुनुवार, विशाल सुनुवार, रवि दनुवार, विजय पाठक, सन्तोष गणेश, सुमन केरुङ, अनिल राई, ज्ञानबहादुर धिमाल, सिर्जना मेचे र इन्द्र चौधरी चयन भएका छन् ।
युवा महासंघ केन्द्रीय सदस्य सचिव भरतकेशर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ झापाका अध्यक्ष प्रेम घिसिङ, युवा महासंघका केन्द्रीय सदस्यहरु आरके राई, तेजकुमार आले, मातृका धिमाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन युवा महासंघका केन्द्रीय सदस्य तथा मध्यमाञ्चल उपत्यका संयोजक मीना श्रेष्ठले गरेकी थिइन् भने नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथिले शुक्रबारै पदभार तथा सपथ गराइएको कार्यालय सचिव रोशनी मेचेले जानकारी दिइन् ।
Subscribe to:
Posts (Atom)