महेशपुर, २२ पुस ÷ मेची प्राथमिक विद्यालय महेशपुरमा जिल्ला शिक्षा कार्यालय झापाको संयुक्त अनुगमन टोलीले बिहीबार निरीक्षण गरेको छ ।
मेची नदी पारी रहेको उक्त विद्यालयको निरीक्षण गर्न जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराई नेतृत्वको टोलीले विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापनको अनुगमन गरेको थियो ।
राजवंशी, गणेश, सतार, मुसलमान, कुर्मी आदि जातिको एक सयभन्दा बढी विद्यार्थी अध्ययनरत् विद्यालयमा पठनपाठनका लागि भाषिक समस्या रहेको शिक्षक कैलास राईले बताए ।
केही समयदेखि जिल्लाका विभिन्न विद्यालयहरुमा निरन्तर संयुक्त अनुगमनको कार्यारम्भ गरेको छ । अनुगमन टोलीले विद्यालयलाई १० देखि ४ बजेसम्म लगाउनै पर्ने निर्देशन गरेको विद्यालयका प्रधानाध्यापक चमकलाल राजवंशीले बताए ।
टोलीमा जिशिअ भट्टराईका साथै शिक्षा कार्यालयका उपसचिवद्वय उद्धव विष्ट र खुलानाथ रेग्मी, विद्यालय निरीक्षकहरु सूर्य सुवेदी, सुरेन्द्र दाहाल र नीलमणि खनाल, स्रोत व्यक्ति परमानन्द मिश्र, प्रअ. श्रीतीरानीदेव र शिक्षक गोपाल गिरी संलग्न थिए ।
No comments:
Post a Comment