चारआली, २२ पुस ÷ धिमाल जातिको ऐतिहासिक धिमाल सांस्कृतिक महोत्सव २०६७ को तयारी पूरा भएको आयोजकले जनाएको छ ।
मूल आयोजक समितिले महोत्सवको व्यवस्थापन, प्रचारलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । लोप हुने अवस्थामा पुगेको आफ्नो जातीय
संस्कृतिलाई संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले धिमाल युवा समाज क्षेत्र नम्बर १ ले शुक्रबार र शनिबार महोत्सव आयोजना गर्दैछ ।
झापा, मोरङ र सुनसरीका धिमाल जातिको महोत्सवमा उपस्थिति रहने अध्यक्ष नरेन्द्र धिमालले बताए ।
कार्यक्रममा जातीय भेषभूषा, खानपिन तथा सांस्कृतिक पहिचान झल्कने पहिरन, नृत्य तथा अन्य जातिका सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिने आयोजक समितिका व्यवस्थापक मानबहादुर धिमालले जनाए ।
No comments:
Post a Comment