Sunday, January 02, 2011

रहेनन् समाजसेवी फागुलाल चौधरी


विर्तामोड ÷ थारु कल्याणकारिणी सभाका निवर्तमान सल्लाहकार एवम् प”र्व सचिव फाग’लाल चौधरीको निधन भएको छ । २०६७ प’स १२ गते सोमबार निजी निवास अर्ज‘नधारा–८ मा चौधरीको ४९ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ । थारुहरुको हकहित र अधिकारका लागि सधैं आवाज उठाउने चौधरीको त्यही दिन दाहसंस्कार पनि गरिएको थियो । थारु विद्यार्थी समाजका जिल्ला सदस्य दीवाकरलाल चौधरीका पिता एवम् थारु कल्याणकारिणी सभाका निवर्तमान जिल्ला सचिव छविलाल चौधरीका दाइ फाग’लाल चौधरीको रोगका कारण निधन भएको हो ।

मौसम परिवर्तन र आर्थिक प्रभाव

- एन.पी. रिजाल
वर्तमानका प्रमुख वातावरणीय समस्याहरुका तालिकामा मौसम परिवर्तनलाई पहिलो नम्वरमा राखिन्छ । यसको प्रमुख कारण के हो भने यो विश्वव्यापी समस्याको रुपमा रहेको छ र यसको प्रभाव विकसित र विकासोन्मूख सबै देशहरुले सामना गरिरहेका छन् । यसको प्रत्यक्ष र अप्रत्यक्ष प्रभावहरु हाम्रो वरिपरिको वातावरणीय संरचनामा पनि देखिन थालेको पाइन्छ । जाडोको मौसममा हामी पहिलेको तुलनामा कम जाडोको अनुभव गरिरहेका छौँ । पृथ्वीको तापमानमा भएको वृद्घिको प्रत्यक्ष असर हाम्रो हिमालय श्रृंखलाका हिमनदीहरुमा देखिन थालेको छ ।
अर्काेतिर सामुन्द्रिक सतह पनि क्रमशः बढ्न थालेको छ । माल्दिभ्सले भर्खर मात्र बंगलादेशबाट माटो किन्ने निर्णय गरेको छ । चारैतिरबाट समुन्द्रले घेरिएको माल्दिभ्सका स–साना होचा टापुहरु डुब्ने खतरामा छन् । यो एउटा उदाहरण मात्र हो, यस्ता कयांै वातावरणीय समस्याहरु हामी दैनिक रुपमा अनुभव गरिरहेका छौँ । यसरी पृथ्वीको तापक्रममा वृद्घि भई मौसम परिवर्तन हँुदै जानुमा कार्वन ग्याँसको उत्पादन र व्यापक प्रयोग रहेको छ । यसका साथै वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्न बन–जङ्गलको व्यापक विनाश पनि रहेको छ ।
मौसम परिवर्तनले वातावरणीय संरचनाका अनैकांै पक्षहरुमा प्रभाव पार्ने गर्दछ । ती पक्षहरुमध्ये मौसम परिवर्तनले आर्थिक क्षेत्रहरुमा पार्ने प्रभावलाई मुख्य रुपमा विश्लेषण गर्ने गरिन्छ । मौसम परिवर्तन वातावरणीय दृष्टिकोणबाट खराव देखिए पनि यसको आर्थिक प्रभाव भने फाइदाकारी र बेफाइदाकारी दुबै प्रकारको हुने गर्दछ । कारण के हो भने हामीले मौसम परिवर्तनलाई सही सदुपयोग गर्न सकेको खण्डमा त्यसमा आर्थिक फाइदा पनि प्राप्त गर्न सक्दछांै ।
वर्तमान समयमा नेपालले कार्वन व्यापार गरिरहेको छ । औद्योगिक देशहरुले उत्पादन गरेको कार्वन उत्पादनले पृथ्वीको सुरक्षाकवच मानिने ओजोनतह पातलिदै गएको छ । जसको कारण पृथ्वीको तापक्रम बढ्न गयो र मौसम परिवर्तन देखापर्यो । नेपालजस्तो विकासोन्मूख देशहरु भने मौसम परिवर्तनको समस्या सामना गरिरहेका छन् । तर, नेपालले यस अवस्थाको फाइदा लिन सक्नु पर्छ । मौसम परिवर्तनबाट वर्तमान समयमा नेपालले लिन सक्ने प्रमुख फाइदा भनेको कार्वन व्यापार हो ।
नेपाल कृषि प्रधान देश हो र लगभग ८५ प्रतिशत जनता ग्रामीण क्षेत्रमा बसोबास गर्ने गर्दछन् । कृषि पेशामा सम्लग्न मानिसहरु पशुपालनमा पनि सम्लग्न हुने कारण गोबरग्यास उत्पादनको सम्भावना व्यापक रहेको छ । यो हरित उत्पादन हो । अर्कोतिर, अन्य वैकल्पिक हरित उत्पादनहरुको प्रयोगमा विस्तार गर्ने हो भने नेपालले कमभन्दा कम कार्वन उत्पादन गरी कार्वन व्यापारबाट फाइदा लिन सक्दछ ।
नेपालले मौसम परिवर्तनलाई कृषि उत्पादनको विस्तार र आधुनिकीकरणमा पनि सहयागी बन्न सक्दछ । कारण कृषि उत्पादन तापक्रम प्रतिफल हो । भौगोलिक रुपमा विविध रहेको नेपाल त्यसको संरचना अनुकूल फलफूल, खाद्यान्न र तरकारी उत्पादन गर्न सकिन्छ । परिवर्तित मौसम अनुसार कृषि प्रणालीको पनि विस्तार गर्न सके नेपालले आर्थिक लाभ लिन सक्दछ । जलविद्युत उत्पादनमा अत्याधिक सम्भावना रहेको नेपालमा हिमनदी पग्लन थालेपछि रन अप रिभरमा आधारित जलविद्युत गृह विस्तारमा प्रश्नचिन्ह सिर्जना गरेको छ । यस्तो अवस्थामा त्यसलाई रिजर्भ गरेर उत्पादन विस्तार गर्नु उपयुक्त देखिन्छ ।
तर, विश्वव्यापी प्रभावको रुपमा देखापरेको यो तापक्रम वृद्घिलाई समयमा नै नियन्त्रण गर्न सकिएन भने यसले निम्त्याउने प्रभाव पनि डरलाग्दो हुने कुरामा दुईमत छैन । यसले पारिस्थितिक पद्घतिमा पार्ने प्रभाव कम छ्रैन । तापक्रम वृद्घिका आर्थिक बेफाइदाहरुलाई बेवास्था गर्ने भूल गर्नु हुँदैन । यसले सिर्जना गर्ने प्राकृतिक संरचनामा परिवर्तनको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव हाम्रो आयस्तर, जीवनशैली र वातावरणमा पर्दछ । यसबाट आर्थिक बेमितव्ययिता सिर्जना हुने गर्दछ ।
तापक्रम वृद्घिमा उल्लेखनीय योगदान दिने कार्वन उत्पादन पूर्णरुपमा बन्द गर्न सकिदैन तर यसलाई केही रुपमा कम भने अवश्य गर्न सकिन्छ । हामीले हरित उत्पादनहरुको प्रयोगमा जोड दिनु पर्दछ । जनचेतनामा पनि व्यापक जोड दिनुका साथै सरकारी र अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि यस समस्या कम गर्न जोड दिनुपर्ने देखिन्छ । जस्तो, मौसम परिवर्तनको प्रभावबारे विश्व समुदायलाई ध्यानाकर्षण गर्न नेपाल सरकारले गरेको सगरमाथा आधार शिविरको मन्त्रीस्तरीय बैठक र माल्दिभ्स सरकारले गरेको समुन्द्र मुनीको बैठकलाई बिर्सन मिल्दैन ।
भ्mबष्स् िबलवबल)अजष्तष्श२थबजयय।अयm

आपत्तिजनक आक्रमण

संघीयताको विरोध गर्दै राष्ट्रिय जनमोर्चा पार्टीले संचालन गरेको अभियानमा लिम्बूवान संगठनहरुले लगातार अवरोध र आक्रमण गरिरहेका छन् । विर्तामोडमा आक्रमण गरेको घटनाको चर्चा सेलाउन नपाउँदै लिम्बूवान समूहले आइतबार दमकमा पनि त्यस्तै व्यवहार दोहोर्याएका छन् । जनमोर्चाका अनुसार पार्टीका प्रचार सामग्री च्यात्ने, नेता–कार्यकर्तामाथि हातपात गर्नेलगायतका कामसमेत भएको छ । यस्तो अलोकतान्त्रिक र गैरराजनीतिक गतिविधि आपत्तिजनक छ । फरक विचारको सम्मान लोकतन्त्रको आधारभूत शर्त हो । तर, लिम्बूवान घटकहरुले त्यो यथार्थ बिर्सने प्रयास गरेर आफैंप्रतिको सन्देह बढाएका छन् ।
लिम्बूवान संगठनहरु अरुणपूर्वको नौं जिल्लालाई लिम्बूवान राज्य घोषणा गर्नुपर्ने मागसहित आन्दोलनरत छन् । आन्दोलन सुचारु भइरहँदा उनीहरुप्रति जातीय राज्य खडा गर्न खोजेको आरोप पनि बाक्लै ढंगले लागिरहेको छ । यद्यपि, दरिलो राजनीतिक प्रयासद्वारा आरोपलाई चिर्ने प्रयत्न उनीहरुले गरेका छैनन् । बरु फरक मत राख्नेहरुविरुद्ध भौतिक आक्रमणमा उत्रिएर त्रासको वातावरण खडा गर्न अग्रसर भइरहेका छन् । यसले उनीहरुको असहिष्णु चरित्र उजागर गर्छ, साथमा गैरराजनीतिक आचरण पनि । तर, आक्रमणको भरमा आफ्नो तगारो हट्छ भन्ने भ्रमबाट उनीहरुले मुक्त बन्न आवश्यक छ ।
लिम्बूवान संगठनहरुलाई जसरी संघीयताको पक्षपाति बन्ने हक छ, ठीक त्यसैगरी अर्काे कुनै संगठनलाई त्यसको विपक्षमा उभिने उत्तिकै अधिकार हुन्छ । लोकतन्त्रमा विकल्प धेरै हुन्छन्, धेरै मतले जे मन पराउँछ, मुलुक त्यही बाटोमा हिँड्न तयार हुन्छ । नयाँ संविधान निर्माण प्रक्रिया चलिरहेका बेला संघीयताको विरोधमा कार्यक्रम गर्न खोज्ने दलमाथि आक्रमणको तहमा उक्लिनुको अर्थ छैन । त्यो सर्वसत्तावादी मात्रै नभएर आफ्नो कार्यक्रमप्रतिको अविश्वास पनि हो । यदि लिम्बूवान संगठनहरुलाई आफ्नो अभियानप्रति विश्वास छ भने अरु कसैले विरोध गर्दा त्यो भाँडिने भन्ने हुँदैन ।

ज्यामिरगढीमा राजु अधिकारी


ज्यामिरगढी, १८ पुस ÷ ज्यामिरगढी माविको अभिभावक भेलाले व्यवस्थापन समिति र शिक्षक अभिभावक संघमा नयाँ नेतृत्व चयन गरेको छ ।
भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा राजु अधिकारी सर्वसम्मत छानिएका छन् । दीपक कटुवाललाई व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
त्यसैगरी, कम्पलाल राजवंशी, जहाजी हरिजन र सन्तकुमार कार्की व्यवस्थापन समिति सदस्यमा चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष कटुवालले नयाँ समिति गठन गर्न सहयोग गर्ने अभिभावकहरुलाई आभार व्यक्त गर्दै निवर्तमान समितिलाई धन्यवाद ज्ञापन गरेका छन् ।

दनुवार जातिको जिल्ला अधिवेशन

खुदुनाबारी, १८ पुस ÷ अल्पसंख्यक एवम् पिछडिएका दनुवार जातिको झापा जिल्ला अधिवेशन आइतबार सम्पन्न भएको छ ।
अल्पसंख्यकहरुलाई आरक्षित गर्ने र समावेशी बनाउने कुरा राज्यबाट बोलीमै मात्र सीमित रहेको अधिवेशनका प्रमुख अतिथि दनुवार जागरण समाजका केन्द्रीय सदस्य बलदेव दनुवारले बताए ।
‘पिछडिएका र अल्पसंख्यक जातिहरुको आरक्षणका लागि’, दनुवारले भने – ‘राज्यले विशेष पहल नगरे आन्दोलनमा उत्रिनेछौं ।’ उनले २०६८ मा हुने जन–गणनामा राज्यले जातीय प्रतिनिधित्वसहित गणना हुनुपर्ने कुरामा जोड दिए ।
शिवशंकर दनुवारको अध्यक्षतामा दनुवार जागरण समितिको दोस्रो जिल्ला अधिवेशनले १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा बुद्धिचन्द दनुवार, सचिवमा मदन दनुवार, सहसचिवमा बुद्धिलाल दनुवार, कोषाध्यक्षमा अग्निमाया दनुवार चयन भएका छन् ।
सदस्यहरुमा रवि दनुवार, कुसुम दनुवार, विन्दे दनुवार, भोला दनुवार, राम दनुवार, मोहन दनुवार, तारा दनुवार, गंगा दनुवार, सीता दनुवार, लक्ष्मी दनुवार, रामदया दनुवार, तारादेवी दनुवार रहेका छन् ।
शिवशंकर दनुवारको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेकपा एमालेका जिल्ला सदस्य प्रेम गिरीलगायतले दनुवार जातिलाई राज्यले अवसर दिनुपर्नेमा जोड दिएका थिए ।
अधिवेशनमा दनुवार संस्कृति र परम्परा झल्कने झाँकी, नृत्य प्रदर्शन गरिएको थियो । झापामा ३५ सय हाराहारीमा रहेको दनुवार जनसंख्यामध्ये अधिवेशनमा २ हजार दनुवारहरुको उपस्थिति रहेको थियो । नेपालमा ५१ जिल्लामा दनुवारहरुको बसोबास जानकारी दिइएको छ ।

३९ घटनामा २० जनाको मृत्यु

भद्रपुर, १८ पुस ÷ झापामा वितेको १ वर्षभित्र भएका विभिन्न घटनामा २० जनाको मृत्यु भएको एक तथ्यांकले देखाएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय झापाका अनुसार सन् २०१० मा झापामा ३९ वटा घटनाहरु भएका थिए । त्यसबाट २० जनाको मृत्यु भएको र ४७ जना पीडित भएका थिए ।
मानवअधिकार वर्ष पुस्तक सन् २०११ को पूर्व समीक्षाका लागि आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो । एक वर्षको अवधिमा राजनीतिक दलहरुबाट २४ दिन बन्द र हड्ताल भएको जानकारी गराइएको थियो ।
जिल्ला विकास समिति झापाको सभाकक्षमा विज्ञहरुको सुझावलाई संकलन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठ र प्रहरी उपरीक्षक रविन्द्र शर्मालगायतले सुझावहरु राखेका थिए ।
सोमराज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अर्जुन बस्नेतले गरेका थिए भने कार्यक्रमको उद्देश्यमाथि लक्ष्मी निरौलाले प्रकाश पारेका थिए ।

जनमोर्चाको कार्यक्रममा लिम्बूवानद्वारा फेरि आक्रमण

झापा, १८ पुस ÷ लिम्बूवान कार्यकर्ताले राष्ट्रिय जनमोर्चाकी सभासद् मीना पुन सहभागी राजनीतिक कार्यक्रम फेरि विथोलेका छन् । यसरी कार्यक्रम विथोलिएको यो एक साताभित्रको दोस्रो घटना हो ।
संघीयताविरुद्ध अभियानको सिलसिलामा जनमोर्चाद्वारा विर्तामोड र दमकमा आयोजित सार्वजनिक कार्यक्रम लिम्बूवान कार्यकर्ताले विथोलेका हुन् ।
दमक चोकमा आइतबार आयोजित शान्तिपूर्ण कार्यक्रम दर्जनको संख्यामा आएका लिम्बूवान कार्यकर्ताले बल प्रयोग गरी विथोलेको जनमोर्चाका मेची कोशी इन्चार्ज सुरेन्द्र भण्डारीले बताए ।
‘प्रहरीकै सामू सभासद् र पार्टीका नेताहरुमाथि आक्रमण भयो’, भण्डारीले घटना बताउँदै भने – ‘पर्चा, झण्डा र व्यानर खोसेर कार्यक्रम विथोलिसकेपछि प्रहरीले हामीलाई इलाका प्रहरी कार्यालयमा ल्याएर सुरक्षा दिएको थियो ।’
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध लिम्बूवान कार्यकर्ताले आफ्ना नेतालाई दूव्र्यवहार गर्दै कार्यक्रम गर्न अवरोध सिर्जना गरेको भण्डारी बताउँछन् ।
केही दिनअघि राष्ट्रिय जनमोर्चाको त्यस्तै कार्यक्रम विर्तामोडमा विथोलिएको थियो । मुक्ति चोकमा संघीयताविरुद्ध गतिविधि गरेको भन्दै संघीय लिम्बूवान राज्य परिषद्का कार्यकर्ताले जनमोर्चालाई कार्यक्रम गर्न रोक लगाएका थिए । परिषद्ले विज्ञप्ति निकालेरै संघीयताविरुद्ध कुनै कार्यक्रम नगर्न जनमोर्चालाई चेतावनी दिएको थियो ।
सभासद् चित्रबहादुर केसीले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चाले संघीयताले राष्ट्रिय एकतामा आँच आउने र जातीय द्वन्द्व एवम् विखण्डनको अवस्था आउने भन्दै विारेध अभियान चलाइरहेको छ । पूर्वतर्फ आएको संघीयता विरोधी जनमोर्चा टोलीमा बाग्लुङकी सभासद् मीना पुन, पार्टीका केन्द्रीय उपाध्यक्ष वीरबहादुर गोलेलगायत छन् ।
जिल्लाका प्रहरी उपरीक्षक रविन्द्र शर्माले सभासद् र जनमोर्चाको कार्यक्रममा प्रहरीले सुरक्षा प्रदान गर्न नसकेको आरोपलाई स्वीकार गरेका छन् ।
आइतबार दमकमा लिम्बूवान कार्यकर्तासंग विवाद भएपछि प्रहरीले नै सभासद् पुन र जनमोर्चा नेताहरुलाई सुरक्षा प्रदान गरेको उपरीक्षक शर्माले बताए । तर, जनमोर्चाले पार्टीको कार्यक्रम बारे अग्रीम जानकारी नदिँदा पर्याप्त सुरक्षाको प्रबन्ध गर्न कठिनाई भएको उनले बताएका छन् ।